इन्गेजमेन्ट टुटेपछि आत्मदह गरेकी पुुष्पाका प्रेमी पुुुर्पक्षका लागि थुनामा | ईमाउण्टेन समाचार

Our Network

माघ २० २०८१, आइतबार

इन्गेजमेन्ट टुटेपछि आत्मदह गरेकी पुुष्पाका प्रेमी पुुुर्पक्षका लागि थुनामा

काठमाडौं । जिल्ला अदालत काठमाडौंले इन्गेजमेन्ट तोडिएको भोलिपल्ट आत्मदाह गरेकी पुष्पा न्यौपानेका प्रेमी सुदन संग्रौतालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

अदालतको आदेशपछि उनलाई केन्द्रीय कारागार, सुन्धारामा पठाएको प्रहरीले जनाएको छ ।

धुम्बाराहीको पिपलबोट चोक नजिकै प्रेमीकै घर अगाडी ७० प्रतिशत जलेको अवस्थामा भेटिएकी पुुष्पाको किर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

पुष्पाका परिवारले सुदनसहित उनका बुवा दिनेश, आमा बिन्दु र दाई मधु संग्रौलाविरुद्ध आत्महत्या दुरुत्साहनको कसुरमा किटानी जाहेरी दिएका थिए ।

सुदनका बुवा, आमा र दाई जमानीमा रिहा भएका थिए । पुष्पा र सुदनको डेढ वर्ष अघि दरबारमार्गस्थित केल्मी नेपालको स्वरुवमा भएको थियो ।

चिनजानको ६ महिनापछि इन्गेजमेन्ट गरे । इन्गेजमेन्ट भएसँगै उनीहरुबीच खटपट सुरु भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);