अब सातै प्रदेशमा नयाँ सरकार बनाउन बाटो खुल्यो | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८२, बिहीबार

अब सातै प्रदेशमा नयाँ सरकार बनाउन बाटो खुल्यो

nirbachan aayog

काठमाडौं, ३ पुस । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनको प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको बाटो खुल्ला भएको छ ।

आयोगले दिउँसो १ बजे सातै प्रदेशका प्रमुखलाई हिजो अन्तिम नतिजा बुझाएको हो ।

प्रतिवेदन बुझाउनकै लागि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया प्रदेश १ मा पुुगेका थिए ।

आयुक्त सगुनशमशेर जबरा र सचिव गोकर्णमणि दुवाडी बाग्मती प्रदेशमा प्रतिवेदन बुझाए । गत मंसिरमा सम्पन्न भएको निर्वाचनमा प्रदेशसभा तर्फ प्रत्यक्षबाट ३३० र समानुपातिकबाट २२० गरी ५ सय ५० जना निर्वाचित भएका छन् ।

Leave a Reply