काठमाडौं । बरिष्ठ अधिवक्ता विष्णु भट्टराईले नेपाली कांग्रेसका महामन्त्री गगन थापा पार्टी विभाजन गर्ने योजनामा रहेको खुलासा गरेका छन् ।
माउण्टेन टेलिभिजनको कार्यक्रम ‘माउण्टेन संवाद’ कार्यक्रममा बरिष्ठ अधिवक्ता भट्टराईले नेपाली कांग्रेसमा विगतमा पनि विभाजनका घटनाहरु भएका र अब त्यो परिपाटीलाई महामन्त्री थापाले दोहो¥याउन सक्ने रणनिति देखिएको तर्क गरेका हुन् ।
अहिले नेपाली राजनीति बाह्य शक्ति चरम रुपमा हाबी भइरहेको र त्यसको बढी प्रभाव महामन्त्री थापामा बढिदेखिएकाले उनले बाह्य शक्तिको योजनामा पार्टी विभाजन गर्ने सक्ने संभावना प्रबल देखिएको उनको भनाई छ ।
महामन्त्री थापासँग अमेरिकाको बढ्दो निकटताले एमसीसी पक्षधरहरुलाई एक ठाउँमा ल्याउन खोजेको कारण अमेरिकाले थापालाई अघि बढाइरहेको समेत उनले स्पष्ट पारे ।