रुपन्देहीको ४ मा मतगणना सुरु, लाेसपाका शुक्ला अगाडि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

रुपन्देहीको ४ मा मतगणना सुरु, लाेसपाका शुक्ला अगाडि

भैरहवा।  रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ४ मा मतगणना सुरु भएकाे छ। दिउँसाे सुरु भएकाे मतगणनाबाट प्रतिनिधिसभा सदस्यतर्फ २५४८ मत गणना हुँदा लोसपाका उम्मेदवार सर्वेन्द्रनाथ शुक्लले ९९४ मत ल्याएका छन् । यसैगरी, प्रतिनिधिसभा सदस्यतर्फ कांग्रेसका उम्मेदवार प्रमोदकुमार यादवले ७२३ मत, जनमत पार्टीका उम्मेदवार भोपेन्द्रप्रसाद यादव ४९३, जसपाका उम्मेदवार ओमप्रकाश यादव ३१ मत ल्याएका निर्वाचन कार्यालयले जनाएको छ । क्षेत्र नं. ४ ‘क’मा प्रदेशसभा सदस्य पदका लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार कन्हैया बनियाँ ११०९, कांग्रेसका उम्मेदवार अष्टभुजा पाठक ४८७, जनमत पार्टीका उम्मेदवार जितेन्द्रनाथ शुक्ल ४९५ मत ल्याएका निर्वाचन कार्यालयले जनाएको छ।

क्षेत्र नं. ४ ‘ख’मा प्रदेशसभा सदस्य पदका कांग्रेसका उम्मेदवार बसीउद्दीन खाले ८३३, जनमत पार्टीका उम्मेदवार अर्जुन सिंह ४८८, लोसपाका उम्मेदवार मोहनलाल यादवले ४५० मत ल्याएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);