बोहाेरालाई जिताए गृहमन्त्री बनाउने पशुपतिशमशेर राणाकाे आश्वासन | ईमाउण्टेन समाचार

Our Network

भदौ २२ २०८३, मंगलबार

बोहाेरालाई जिताए गृहमन्त्री बनाउने पशुपतिशमशेर राणाकाे आश्वासन

भैरहवा। राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपतिशमशेर राणाले वरिष्ठ नेता दिपक बोहाेरालाई जिताए गृहमन्त्री बनाउने आश्वासन दिएका छन् । सोमबार बिहान भैरहवामा आयोजित कार्यक्रममा उनले भने, ‘दिपक बोहोरा विकासका लागि जरुरी छ, यो ठाउँ, यहाँको गाउँले चिनेको व्यक्ति हुन् । उनलाई मत दिनुस् । हामी उहाँलाई गृहमन्त्री बनाएर पठाउँछौं ।’ राणाले बोहोराको जित सुनिश्चित रहेको दाबी गर्दै आफ्नो मत सदुपयोग गर्न पनि आग्रह गरे । ‘दिपकले जितिसकेका छन् । केवल औपचारिकता पूरा गर्न मात्रै बाँकी छ, ’ उनले भने ।

राणाले रुपन्देही ३ को सवालमा सबै राप्रपाका मतदाताले प्रतिनिधिसभामा हलाेमा र प्रदेशमा छाता र सूर्यमा मतदान गरेर इमान्दारिता देखाउन पनि आग्रह गरे । उनले कांग्रेसको कारण देश संकटमा परेको आराेप लगाउँदै देशको निकासका लागि निर्वाचनमा सबै राष्ट्रवादी एक भएर लाग्नेसमेत बताए ।

Leave a Reply

ताजा समाचार