नेपाल र भुटान भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८३, आइतबार

नेपाल र भुटान भिड्दै

काठमाडौं। बंगलादेशमा जारी यू-१५ महिला साफ च्याम्पियनसिप नेपाल र भुटान भिड्दैछन् । ढाकामा हुने खेलमा विजयी हुँदै नेपाल प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यमा छ । खेल दिउँसो सवा  ४ बजे सुरु हुनेछ ।उपाधी जित्ने लक्ष्य सहित ढाका पुगेको नेपालले पहिलो खेल खेल्न लागेको हो । यस अघि उद्घाटन खेलमा बंगलादेशले भुटानलाई ८-० अन्तरले पराजित गरेको थियो । डवल राउन्ड रोबिन आधारमा जारी प्रतियोगितामा तीन टोलीको सहभागीता रहेको छ । शीर्ष टोलीले उपाधी जित्नेछ ।

नेपाली टोलीः

गोलकिपरः  राधिका ओली,सुजता तामाङ,रुपा धिमाल

रक्षकः  सिता रोकाया,दिपा मगर, अञ्जना पुन मगर,अमिता भुल, विपना स्नेही ,रेणु लिम्बु, डोल्मा लामा

मिडफिल्डरः  सिम्रन राई,पुनम चेम्जोङ,भाजना परियार, सबिता मण्डल, भुमिका बुढाथोकी, सुशिला केसी, सुक्रिया मिया, रेबिका नेपाली, मनिषा सेन

स्ट्राइकरः  दिपा रोकाया (कप्तान),समिक्षा मगर, वर्षा ओली, सेनु परियार

Leave a Reply