दलित मुक्ति मोर्चाले थाल्दै गठबन्धन जिताउने अभियान | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८१, आइतबार

दलित मुक्ति मोर्चाले थाल्दै गठबन्धन जिताउने अभियान

बुटवल। रुपन्देही ५ मा गठबन्धनका उम्मेद्वारलाई जिताउन दलित मुक्ति मोर्चाले विशेष अभियान थाल्ने भएको छ । माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा सैनामैना नगर कमिटीको बैठकले गठबन्धनका उम्मेद्वारलाई विजयी गराउन निर्वाचन केन्द्रित अभियान सञ्चालन गर्ने भएको हो । संविधानको रक्षा, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिताको पक्षमा मतदान गर्न गठबन्धनको पक्षमा उभिनसमेत मोर्चाले आह्वान गरेको हो । मुक्ति मोर्चाले गठबन्धनमा आबद्ध दल निकटका दलित भ्रातृ संगठनहरूको संयुक्त कार्यक्रम गर्नेसमेत निर्णय गरेको छ ।  राजनीतिक दलहरूले चुनावका बेलामा दलित, महिला, मधेसी सीमान्तकृत तथा लक्षित वर्ग समुदायलाई चुनाव जित्ने भोटरका रूपमा मात्र प्रयोग गर्ने गरेकाले त्यसको अन्त्य हुनका लागि पनि दलित तथा सिमान्तकृत समुदायका व्यक्तिहरुले विकास, सुशासन र पछाडि परेको वर्गको उत्थानका लागि काम गर्ने पार्टी र व्यक्तिलाई भोट हाली निर्वाचित गराउनका लागि टोलटोलमा पुगी सचेतनामूलक चुनावी प्रचारप्रसार गर्ने भएको हो ।

कार्यक्रममा रुपन्देही ५ (क) का उम्मेद्वार विनोद पहाडीले क्षेत्रको विकास र समन्यायिक विकासका लागि गठबन्धनका उम्मेद्वारलाई जिताउन अपिल गरे । उनले जनताको दैनिक जीवनस्तर सुधारका लागि सञ्चार र मानव अधिकारको क्षेत्रबाट सदैव पहल गरेको बताए। उनले आफू तल्लो तहबाटै संघर्ष गरेर अहिले प्रदेशसभा सदस्य पदको उम्मेद्वारको रूपमा उम्मेद्वारी दिएको बताउँदै जनताको प्रत्यक्ष सरोकारका विषयमा निरन्तर आवाजविहीनहरुको आवाज बन्ने प्रतिबद्धता जनाए । उनले गठबन्धनबाट प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका उम्मेद्वार भरत शाह र प्रदेशमा आफू उम्मेद्वार रहेको बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);