कञ्चनपुरमा नदीमा बगेर एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८१, आइतबार

कञ्चनपुरमा नदीमा बगेर एक जनाको मृत्यु

धनगढी। कञ्चनपुरमा नदीले बगाएर एक जनाको मृत्यु भएको छ। जिल्लाको दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलमा जोगबुडा नदीमा बगेर एक जनाको ज्यान गएको हो। शनिबार बिहान स्थानीय ५३ वर्षीय रंगलाल वादीको नदीमा बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

जोगबुडा नदीमा बाढीसँगै बगेर आएका काठ दाउरा संकलन गर्ने क्रममा वादी बगेका हुन् । उनको शव बगेको ठाउँ एक किलोमिटर तल भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);