प्रधानमन्त्री देउवापत्नी राणा बागलुङ २ बाट पहिलो नम्बरमा सिफारिस | ईमाउण्टेन समाचार

Our Network

पुष ३ २०८१, बुधवार

प्रधानमन्त्री देउवापत्नी राणा बागलुङ २ बाट पहिलो नम्बरमा सिफारिस

काठमाडौं । आसन्न आमनिर्वाचनका लागि प्रधानमन्त्री शेरबहादुर देउवापत्नी तथा कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा बागलुङ क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस भएकी छन् । प्रत्यक्षतर्फ १० जना उम्मेदवार आकांक्षीको नामावली संकलन गरी सिफारिस पठाउने क्रममा देउवापत्नी पहिलो नम्बरमा परेकी हुन् ।

महाधिवेशन प्रतिनिधि तथा पूर्वक्षेत्रीय सभापति द्रोण कुँवर वारेस रहेर देउवाको नाम प्रस्ताव गरेका थिए । प्रस्तावपछि क्षेत्रीय समितिले देउवासहित १० जनाको नाम सिफारिस गरेको छ । अन्य आकांक्षीमा पार्टी सभापति जितबहादुर शेरचनसहित गणेश शेरचन, टेकराज पौडेल, देवीप्रकाश घट्टचन, द्रोण कुँवर, नरबहादुर पुन, रामप्रसाद आचार्य, शान्तराज आचार्य र सिंहबहादुर रानाको नाम सिफारिस भएको छ । त्यस्तै समानुपातिकतर्फ १४ जनाआकांक्षी छन् ।

क्षेत्र नं १ मा पूर्वराज्यमन्त्री चम्पादेवी खड्का, गण्डकी प्रदेशका पर्यटनमन्त्री मणिभद्र शर्मा कँडेलसहित १० जना आकांक्षी सिफारिस भएका छन् । सिफारिस हुनेमा प्रकाश शर्मा पौडेल, जगदीश चन्द्र उपाध्याय, दिपेन्द्र थापा, डिल्लीराम सुवेदी, किरणराज पौडेल, भीम श्रीष, चिरन्जीवी गौतम र लक्ष्मीदेवी जिसी छन् । समानुपातिकतर्फ ९ जनाको नाम सिफारिस भएको नेपाली कांग्रेस बागलुङले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);