काठमाडौं। पालमा २४ घण्टामा ४४४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ४९५४ नमूना परीक्षण गर्दा ४४४ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पीसीआर विधिबाट १९९६ र एन्टिजेनबाट २९५८ नमूनाको परीक्षण गर्दा पीसीआरबाट २११ र एन्टिजेनबाट २३३ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो ।
सोही अवधिमा नेपालमा ३०७ जनाले संक्रमणलाई पराजित गरेका छन् । आज थप तीन कोरोना संक्रमितको ज्यान गएको छ ।
आज थपिएकासँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ४१९९ पुगेको छ ।