एजेन्सी, ४ मंसिर । के उत्तर कोरियाली नेता किम जोङ उनको स्वास्थ्य खराब भएकै हो त ? कतिपय ब्रिटिश मिडियाले किम जोङ बिरामी भएकै कारण पछिल्लो समय कुनै पनि किसिमको मिसाईल परीक्षण नगरिएको चर्चा गरेको छ ।
किम जोङको स्वास्थ्यस्थिती विग्रिएपछि विगत दुई महिना देखि कुनै पनि आणविक परीक्षण नगरिएको उल्लेख गरिएको छ । द सनले जनाए अनुसार किम जोङको शरीर पछिल्लो समय भद्दा हुँदै गएको, सामान्य अवस्थामा पनि पसिना आउने र बस्नको लागि फोल्डिङ कुर्सीको आवश्यकता पर्ने भएको छ ।
३३ वर्षीय किम मुटुको समस्या, मधुमेह र हाईपर टेन्सनबाट ग्रसित भएको डेली स्टारले जनाएको छ । राष्ट्र संघले दिएको चेतावनीलाई अवमूल्यन गर्दै उत्तर कोरियाले लगातार क्षेप्यास्त्र परिक्षण गर्दै आएको छ ।