एक भोटको खर्च पाँच हजार, कसले कति खर्च गरे ? | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८१, आइतबार

काठमाडौं, २ मंसिर । हालै सम्पन्न स्थानीय तह निर्बाचनमा एक भोट बराबर करिब पाँच हजार रुपैंयाँ खर्च भएको छ। त्यसमध्ये करिब ३ हजार ६ सय १३ रुपैंयाँ उम्मेदवार र उनका समर्थकले खर्च गरेका छन् भने प्रतिभोट एकहजार तीनसय नौ रुपैंयाँ सरकारी ढुकुटीबाट खर्च भएको छ।

स्थानीय निर्बाचनमा जम्मा ६९ अर्ब ४२ करोड रुपेंयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ। निर्बाचन पर्यवेक्षणका तर्फबाट विज्ञ समूहले ६ महिना लगाएर गरेको अध्ययन अनुसार तीन चरणमा भएको निर्बाचनमा जम्मा १८ अर्ब ४६ करोड सरकारी ढुकुटीबाट खर्च भएको छ।

उम्मेदवार र उनका समर्थकले गरेको खर्च यो भन्दा तीन गुणा बढी छ। उम्मेदवार उनका समर्थकहरुले ५० अर्ब ९६ करोड रुपैंयाँ खर्च गरेको अध्ययनको निस्कर्ष छ।

समितिका परियोजना प्रमुख उज्ज्वल अधिकारीले काठमाडौं, मोरङ, दाङ र जाजारकोट जिल्लालाई नमूनाको रुपमा लिई अध्ययन गरेको बताए। – अन्नपूर्ण पोष्ट दैनिकबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);