एक महिनासम्‍म एनालगबाटै टिभी प्रसारण गर्न दिने मन्त्रालयको निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८३, आइतबार

काठमाडौं, २ मंसिर । सूचना तथा सञ्‍चार मन्त्रालयले नेपालीसहित ३५ वटा च्‍यानललाई मंसिर मसान्तसम्‍म केबलबाटै प्रसारण गर्न दिने निर्णय गरेको छ।देशमा मंसिर १० र २१ गते हुन् गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई मध्‍य नजर गर्दै मन्त्रालयले सो निर्णय गरेको हो।

शुक्रबार मन्त्रालयका प्रवक्ता प्रेम कुमार श्रेष्ठद्वारा जारी विज्ञप्‍तिमा भनिएको छ, ‘देशमा निकट भविष्‍यमा हुन् गइरहेको आसन्‍न निर्वाचनमा मतदाता शिक्षा प्रसारण भइरहेकाले एनालग टिभी प्रसारण प्रविधिलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्ने विस्तृत कार्यतालिका केवल टिभी प्रदायक संघ, महासंघबाट आगामी सात दिन भित्र मन्त्रालयमा पेश गर्ने र सो सम्बन्धमा नेपाल सरकारबाट अन्तिम निर्णय लिएपछि सोही बमोजिम हुने गरी हाल आसन्‍न निर्वाचनलाई मध्‍य नजर गर्दै अल्पकालको लागि आगामी मंसिर मसान्त २०७४ सम्‍मका लागि अधिकतम ३५ वटा च्‍यानललाई एनालग प्रणालीमा प्रसारण गर्न सकिने निर्णय गरियो। – अन्नपूर्ण पोस्ट दैनिकबाट

ताजा समाचार