चीन र रसियाका राष्ट्रपतिबीच भेटवार्ता, चीनलाई १० अर्ब क्युबिक मिटर ग्यास दिने | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

चीन र रसियाका राष्ट्रपतिबीच भेटवार्ता, चीनलाई १० अर्ब क्युबिक मिटर ग्यास दिने

मस्को । रसियाली राष्ट्रपति भ्लादमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटावार्ता भएको छ । बेइजिङ हिउँदे ओलम्पिकमा विदेशी अतिथिको रुपमा सहभागी हुने क्रममा चीन पुगेका राष्ट्रपति पुटिन र राष्ट्रपति सीबीच शुक्रबार भेटवार्ता भएको हो ।

रसियाले चीनमा प्राकृतिक ग्याँस आपूर्ति गर्नेलगायतका विषयमा दुई देशबीच सम्झौता हुने कार्यक्रम छ । भेटका अवसरमा रसियाले चीनलाई थप १० अर्ब क्युबिक मिटर प्राकृतिक ग्यास सहयोग गर्ने तयारी गरिरहेको राष्ट्रपति पुटिनले सीलाई बताएका थिए । यसअघि युक्रेन मामिलामा पश्चिमा देश र रसियाबीच तनाव बढिरहेका बेला अमेरिकाले ग्यास पाइपलाईन अवरोध गर्ने चेतावनी दिएको थियो ।   

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);