आइजिपी अर्यालले प्रहरी कर्मचारीलाई दिए कडा चेतावनी | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८२, सोमबार

काठमाडौं, २८ कार्तिक । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रहरी संगठनका सदस्यको निष्पक्ष भूमिकाबारे आशंका बढिरहेको बेला प्रहरी महानिरीक्षक (आइजिपी) प्रकाश अर्यालले उपत्यका र प्रहरी प्रधान कार्यालयका प्रहरी कर्मचारीलाई बोलाएर कुनै दलको पक्षमा नलाग्न निर्देशन दिएका छन्।

उपत्यका प्रहरी कार्यालयका अनुसार प्रमुख असईदेखि एआइजीसम्म र प्रहरी प्रधान कार्यालयका अधिकारीलाई प्रहरी क्लबमा भेला पारेर कुनै कर्मचारी दलविशेषको पक्षविपक्षमा लाग्दा संगठनकै बदनामी हुने भएकाले निर्वाचन सुरक्षामा निष्पक्ष भएर खटिन निर्देशन दिएका हुन्। ब्रिफिङमा सहभागी प्रहरी अधिकारीका अनुसार उनले पटक-पटक कुनै दल र उम्मेदवारको पक्षमा नलाग्न निर्देशन दिदैं निर्देशनको अवज्ञा भए प्रहरी नियमावलीअनुसार कारवाही हुने चेतावनी दिएका थिए।

संगठनले खटाएको स्थानमा नजान र आफू अनुकुलको क्षेत्रमा जान नेताहरुलाई फोन गर्न लगाउनेजस्ता गतिविधि नगर्न सचेत गराउँदै उनले अनुशासनमा बसेर संगठनले खटाएअनुसारको काम गर्न निर्देशन दिएको ब्रिफिङमा सहभागी एक प्रहरी अधिकारीले बताए।

आफू अनुकुलको सरुवा गराउन संगठनभन्दा पनि बलियो देखिने तर संगठनलाई पर्दा केही नगर्ने प्रवृत्ति बढ्दै गएको भन्दै उनले संगठनका माथिल्ला तहका प्रहरी अधिकारीको व्यवहारको समेत आलोचना गरेका थिए। आजको नागरिक दैनिकमा खबर छ।