चीनले भुटान र भारतसँगको सीमामा बस्ती बसाल्यो | ईमाउण्टेन समाचार

Our Network

जेठ २६ २०८३, बुधवार

चीनले भुटान र भारतसँगको सीमामा बस्ती बसाल्यो

china

एजेन्सी । चीनले भुटानी भूमिमा एउटा बस्ती बसालेको छ । चीनको सैन्य विकासम्बन्धी एक विज्ञले सार्वजनिक गरेको स्याटलाइट तस्विरमा चीनले भारत र भुटानको सिमानजिकै १०० वर्ग किलो मिटर क्षेत्रमा नयाँ घरहरु बनाएको देखिएको हो ।

सो क्षेत्र सन् २०१७ मा चीन र भारतीय सेना आमने सामने भएको क्षेत्र दोक्लामनजिक पर्छ । भुटानी भूमिमा नयाँ बस्ती निर्माणले भारत चिन्तित बनेको भन्दै उसले बषौंदेखि  आफ्नो परराष्ट्र सम्बन्ध नीति समीक्षा गर्न दिएको सुझाव गम्भीरतापूर्वक नलिएको आरोप भारतीय सञ्चार माध्यमहरुले लगाएका छन् ।भारतले भुटानी सेनालाई बारम्बार तालिम दिँदै आएको छ । ती गाउँ सन् २०२० को मेदेखि सन् २०२१ को नोभम्बरसम्म निर्माण गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

Leave a Reply