प्राथमिकताको आधारमा काम अगाडि बढाउन प्रतिबद्ध छु : नव नियुक्त मन्त्री यादव | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८२, बिहीबार

प्राथमिकताको आधारमा काम अगाडि बढाउन प्रतिबद्ध छु : नव नियुक्त मन्त्री यादव

काठमाडौं । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादवले आफुले गर्नुपर्ने कामको प्राथमिकता छुट्याएर काम गर्ने बताएकी छन् ।

शुक्रवार मन्त्रालयमा जिम्मेवारी सम्हाल्दै मन्त्री यादवले आइतवारदेखि मन्त्रालयले हाल गरिरहेको कामको ब्रिफिङ लिने र कामको प्राथमिकता छुट्याएर काम गर्ने बताएकी हुन् ।

मन्त्री यादवले देश कोरोनाको कारण जर्जर भएको उल्लेख गर्दै आगामी दिनमा देशलाई आफ्नो मन्त्रालयबाट गर्ने सहयोग र लगानी आफ्नो तर्फबाट पुरा गर्ने बताईन ।

Leave a Reply