वाम गठबन्धनले नेमकिपाका बिजुक्छेविरुद्ध उम्मेदवारी नदिने | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८३, शुक्रबार

भक्तपुर, १२ कार्तिक । वाम गठबन्धन पार्टी (नेकपा एमाले र माओवादी केन्द्र)ले भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवारी नदिने निर्णय गरेको छ। भक्तपुरको क्षेत्र नं १बाट नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले उम्मेदवारी दिएका छन्।

एमाले र माओवादीको एकता संयोजन समितिले शनिबार सिट बाँडफाँड गर्दा १० क्षेत्रमा अन्य पार्टीका उम्मेदवारलाई सघाउने निर्णय गरेको बताएको छ। सोही निर्णय अनुसार वाम गठबन्धनले क्षेत्र नं १ मा नारायणमान बिजुक्छेलाई सघाउने भएको हो।

नेकपा एमाले भक्तपुरले औपचारिक रूपमै नेमकिपालाई चुनावी तालमेलका लागी आह्वान गरेपनि वामगठबन्धन भारत पक्षधर भएको अस्वीकार गरेको थियो।

भक्तपुरमा बलियो पकड भएको नेमकिपालाई आफ्नो गठबन्धनमा ल्याउन नेपाली कांग्रेसले समेत प्रयास गरेको थियो।नेमकिपाले आफ्नो पार्टी र कांग्रेसको सिद्वान्त नै फरक रहेको भन्दै कांग्रेसको प्रस्तावलाई पनि अस्वीकार गरेका थिए।

 

ताजा समाचार