माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ ।

काठमाडौंको गौशलास्थित एक पार्टी प्यालेशमा शनिबार बैठक सुरु भएको छ । बैठकपूर्व बैठकमा सहभागी हुने केन्द्रीय सदस्य तथा नेताहरुको एन्टिजेन परीक्षण गरिएको थियो ।

आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेश गरिने छ ।

पार्टीको कार्यदिशामा स्पष्ट गर्ने, प्रतिगमन विरोधी संघर्ष र कम्युनिष्ट आन्दोलनमा देखा परेका विसर्जनवादविरुद्धको संघर्षलाई अझ दृढतापूर्वक अघि बढाउने, संविधानको रक्षा र कार्यान्वयनका लागि बाम–लोकतान्त्रिक गठबन्धनको सहकार्यलाई सुदृढ बनाउने, पार्टीले सबै कम्युनिष्ट तथा प्रगतिशील शक्तिहरुको मोर्चा बनाउन पहल गर्ने गरी राजनीतिक तथा सांगठानिक प्रतिवेदन प्रस्तुत गरिन लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);