नवलपुरको विनयीत्रिवेणी १ दुम्किबासमा कार दुर्घटना | ईमाउण्टेन समाचार

Our Network

फागुन ११ २०८२, मंगलबार

नवलपुरको विनयीत्रिवेणी १ दुम्किबासमा कार दुर्घटना

नवलपुर। प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य अभिषेक प्रताप शाह सवार कार नवलपरासी पूर्व नवलपुरको विनयीत्रिवेणी १ दुम्किबासमा दुर्घटना भएको छ । इलाका प्रहरी कार्यालय दुम्किबास नजिकै बिहान १० बजेको समयमा कार दुर्घटना भएको हो ।

कारमा सवार शाहा सहित तिनै जनाको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय दुम्किबासका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए । नयाँ सरकार गठनको लागि राष्ट्रपतिले आह्वान गरेपछि सृजित राजनीतिक अवस्थाको कारण उनी गृह जिल्लाबाट काठमाडौं जादै थिए ।

अहिले उनी दुम्कीबासको स्थानीय मेडिकलमा छन् । दुर्घटना पछि पार्टी केन्द्रीय कार्यालयको सम्पर्कमा गरेका शाहलाई दिउसो ४ बजेभित्र केन्द्रीय कार्यालय उपस्थित हुन भन्दै निर्देशन आएको बुझिएको छ । उनी विनयी त्रिवेणी गाउँपालिकाको सवारीमा काठमाडौं जाने तयारी गर्दै छन् ।

Leave a Reply