शिक्षा मन्त्रालयमा नौ विद्यार्थी संगठन र कर्मचारीबीच झडप | ईमाउण्टेन समाचार

Our Network

माघ १७ २०८१, बिहीबार

काठमाण्डौँ, २७ असोज । शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई कालोमोसो दल्न पुगेका विद्यार्थीहरु र मन्त्रालयका कर्मचारीहरुबीच झडप भएको छ ।

नेविसंघ बाहेकका नौ विद्यार्थी संगठनहरु शुक्रबार ज्ञापनपत्र बुझाउने भन्दै शिक्षामन्त्रीको कार्यकक्षमा पुगेका थिए । सोही क्रममा ढोका थुनेर नाराबाजी सुरु गरेका नौ विद्यार्थी संगठनलाई रोक्ने खोज्दा झडप भएको हो । उनीहरुले शिक्षामन्त्रीको राजीनामा माग्दै नारावाजी समेत गरेका थिए ।

आधा घण्टासम्म नारावाजी गरेका विद्यार्थीहरुले शिक्षा विधेयकको नवौ संशोधन फिर्ता गर्नुपर्ने, बिभिन्न कलेजहरुलाई दिइएको सम्वन्धन खारेज गर्नुपर्ने जस्तामाग राखेका थिए ।

सचिव आरसी लामिछानेका अनुसार शिक्षामन्त्रालयका कर्मचारीहरुले अवरोध गरेपछि झडपको स्थिती सिर्जना भएको हो ।
झण्डै आधा घण्टासम्म नारा लगाएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसपछि विद्यार्थीहरु कार्यकक्षबाट बाहिरिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);