तस्करीको सुन लुकाएका कारण भरियाको हत्या ! | ईमाउण्टेन समाचार

Our Network

फागुन ११ २०८२, मंगलबार

काठमाडौं, २७ असोज । सुन लुकाएको आरोपमा तस्करीमा संलग्न भरियाको हत्या गरिएको खुलासा भएको छ। झण्डै दुई साताअघि नागार्जुन नगरपालिका-३ मा फेला परेको शवको अनुसन्धानमा जुटेको प्रहरीले सुन तस्करी प्रकरणमा हत्या भएको तथ्य फेला पारेको हो।

रसुवा पार्वतीकुृण्ड नगरपालिका-३ का गगन लामाको शव १६ असोजमा फेला परेको थियो। उनको दाहिने पट्टी ढाडमा छुरी प्रहार गरिएको थियो। धारिलो हतियार प्रयोग गरी भएको गगनको हत्याको सम्बन्ध रसुवाको केरुङ नाका हुँदै काठमाडौं भित्र्याइएको १८ केजी अवैध सुनको ओसारपसार प्रकरणसँग जोडिएको प्रहरीको भनाइ छ।

गत असार २ मा चाइनिज नागरिक वोई र तेन्जिङले रसुवा गोसाईकुण्ड गाउँपालिका १ का लाक्पा ग्यालजेन तामाङलाई १८ केजी सुन काठमाडौं पुऱ्याउने जिम्मा दिएका थिए। ग्यालजेनले आफूले पाएको जिम्मेवारी फूपुको छोरा किर्ती भन्ने छिरिङ तामाङ, लिङजो भन्ने पासाङ तामाङ र गगन लामालाई सुम्पेका थिए।

सुन लिएर काठमाडौं आएका तीनैजना असार ५ देखि सम्पर्क बाहिर रहे। सुनधनीले आफूले पठाएको सुन काठमाडौंमा बुझ्ने जिम्मा पाएका व्यक्तिको हातमा नपरेको थाहा पाएपछि तीनैजनाको खोजी जारी राखे। ६ असारमा कीर्ति भन्ने छिरिङ लाक्पाको सम्पर्कमा आए। छिरिङले सबै १८ केजी सुन नै गगनले बोकेर हिँडेको बताएपछि सुनको खोजीमा ठूलो समूह नै परिचालन भयो। आजको कान्तिपुर दैनिकमा खबर छ।