उपत्यकामा दुई नयाँ राडार थपियो: अब उडान थप सुरक्षित हुने | ईमाउण्टेन समाचार

Our Network

भदौ २९ २०८३, मंगलबार

काठमाडौँ, २७ असोज । हवाई उडानलाई थप व्यवस्थित र सुरक्षित बनाउने उदेश्यले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल तथा ललितपुरको भट्टेडाँडामा दुइ वटा नयाँ राडार जडान गरिएको छ।

देशका अधिकांश भूभागलाई समेट्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ राडार जडान गरे पछि देशभरिको उडान थप सुरक्षित हुने भएको हो। जडान कार्य सकिएपछि देशकै व्यस्त त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आवत जावत गर्ने सम्पूर्ण विमानको अवस्था जानकारी पाउन सहज हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाउको छ।

आगामी नोभेम्बर १६ र १ड मा संयुक्त राज्य अमेरिकाबाट फेडरल एभिएसन एड्मिनिस्ट्रेसनबाट जहाज ल्याएर नयाँ राडारको फ्लाइट क्यालिब्रेसन गरी नयाँ राडारको चेकजाँच पूरा भएपछि सञ्चालनमा आउने प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले जानकारी दिए। आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ।