अखिलको आन्दोलन : भद्र अवज्ञा देखि सरकारी गाडी रोक्नेसम्म | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

अखिलको आन्दोलन : भद्र अवज्ञा देखि सरकारी गाडी रोक्नेसम्म

काठमाडौं, १६ माघ । दाहाल–नेपाल नेकपा निकट विद्यार्थी संगठन अनरेरास्ववियुले प्रतिनिधिसभा विघटनविरुद्ध भद्र अवज्ञा देखि सरकारी गाडी चल्न समेत रोक लगाउने आन्दोलनको घोषणा गरेको छ। सो संगठनले माघ २५ सम्म विभिन्न आन्दोलनको घोषणा गरेको छ ।

घोषित कार्यक्रमअनुसार शुक्रबार सहिदपार्कमा श्रद्धान्जली सभा गर्ने, मन्त्रीहरुलाई सार्वजनिक बहिस्कार गर्ने र मन्त्रीका गाडी चल्न नदिने रहेको छ।

त्यस्तै, माघ १८ र १९ गते सबै स्थानीय तहका सरकारलाई ज्ञापनपत्र बुझाउने, १९ गते सुरक्षा प्रमुख, संवैधानिक निकाय र कर्मचारी प्रशासनलाई र सरकारलाई भाद्र अवज्ञा गर्न सार्वजनिक अपिल गर्ने, माघ २१ गते देशभरका क्याम्पसअगाडि कालो झण्डासहित आधा घण्टा चक्काजाम गर्ने जनाइएको छ ।

तेस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत माघ २२ र २३ गते सरकारी नम्बर प्लेटका सवारी साधन निषेध गर्नुका साथै युवामार्च गर्ने र माघ २५ गते प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउने अनेरास्ववियूले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);