यस्ता छन् माओवादी केन्द्र विजयी भएका १३ वटा स्थानीय तहहरु, (विवरण सहित) | ईमाउण्टेन समाचार

Our Network

साउन २३ २०८३, आइतबार

यस्ता छन् माओवादी केन्द्र विजयी भएका १३ वटा स्थानीय तहहरु, (विवरण सहित)

काठमाडौं, ६ असोज । प्रदेश नम्बर दुईमा सम्पन्न तेस्रो चरणको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी हालसम्म दर्जनभन्दा बढी स्थानमा विजयी भएको छ । माओवादी हालसम्म ७ वटा नगरपालिका र ६ वटा गाउँपालिका गरी १३ तहमा विजयी भएको छ । त्यस्तै ८ वटा तहमा माओवादीले अग्रता लिएको छ । २ नम्बर प्रदेशको ८ जिल्लामा भएको निर्वाचनमा १३६ स्थानीय तह छन्।

नेकपा (माओवादी केन्द्र) विजयी भएका स्थानहरु

सिरहा, कर्जन्हा नगरपालिका : गंगा पासवान
सिरहा, अर्नमा गाउँपालिका : ठकु महतो कोइरी
पर्सा, ठोरी गाउँपालिका : पदम लाल श्रेष्ठ
सिरहा, औरही गाउँपालिका : सिद्धार्थ यादव
रौतहट, मौलापुर नगरपालिका : स्रिना साह
रौतहट, यमुनामाई गाउँपालिका : श्रीप्रसाद मुखीया बीन
महोत्तरी, गौशाला नगरपालिकाः शिवनाथ महतो
महोत्तरी, सम्सी गाउँपालिकाः फारूक शेख
सिरहा, मिर्चैया नगरपालिकाः श्रवणकुमार यादव
सिरहा, धनगढीमाइ नगरपालिकाः हरिनारायण चौधरी
पर्सा, छिपहरामाई गाउँपलिका :  मनोज कुमार
महोत्तरी, रामगोपालपुर नगरपालिका : अशोक कुमार मण्डल
धनुषा, शहीदनगर नगरपालिका : उदयकुमार यादव

ताजा समाचार