काठमाडौं, २७ असार । प्राकृतिक प्रकोप न्यूनीकरण र पीडितको उद्धार तथा राहतबारे छलफल गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसिरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा शनिबार बिहानदेखि परिषद्को बैठक बसिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालगायतका मन्त्रीहरूको सहभागिता रहेको छ ।