नेकपाको स्थायी कमिटी बैठक आज बस्दै | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८१, आइतबार

नेकपाको स्थायी कमिटी बैठक आज बस्दै

nekapa baithak

काठमाडौं, १२ असार । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ । बुधबार बसेको स्थायी कमिटी बैठकले बिभिन्न ७ बुँदे कार्यसूचि तय गरेर आजका लागि बैठक बोलाएको हो ।

गत बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले आज बस्ने बैठकका लागि ७ बुँदे एजेण्डा तय गरेको थियो । आजको बैठकका लागि कोरोना रोकथाम, नियन्त्रण र उपचारबारे छलफल गर्ने, सिमा समस्या र समाधान, सरकारको कामको समिक्षा, पार्टी कामको समिक्षा र सांगठनिक एकताको पुर्णता, एमसीसी र विविध विषय रहेका छन् ।

बुधबारको बैठकको सुरुमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले देशको वर्तमान अवस्था र नेकपाको कार्यभारबारे धारणा राख्नुभएको थियो । त्यसैगरी अर्का अध्यक्ष दाहालले पार्टी, सरकार र कम्युनिष्ट आन्दोलन तथा पुरा गर्नुपर्ने जिम्मेवारीबारे धारणा राख्नुभएको थियो ।

आजको बैठकले एमसीसीको बारेमा ठोस निर्णय गर्न सक्ने भन्दै निकै महत्वका साथ हेरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);