एजेन्सी, ९ असार । प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीले फराकिलो जित निकालेको छ । सोमबार राति घरेलु मैदानमा भएको खेलमा सिटीले वर्नलीलाई ५–० गोल अन्तरले हराएको हो । सिटीको जितमा डिएगो फोडिन र रियाद महरेजले समान दुई दुई गोल गरे ।
फिल फोडिनले २२ औं मिनेटमा सिटीलाई अग्रता दिलाए । रियाद महरेजले ४३ औं मिनेटमा सिटीको अग्रता दोब्बर बनाउने काम गरे । पहिलो हाफको ईन्जुरी समयमा पेनाल्टीमा गोल गर्दै महरेजले सिटीलाई ३–० ले अघि बढाएका थिए ।
डेभिड सिल्भाले ५१ औं मिनेटमा सिटीका लागि पाँचौ गोल गरे । फोडिनले ६३ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ५–० को फराकिलो जित दिलाए ।