भारतसँगै चीनसँगको सीमांकन पनि टुंग्याउनुपर्छ : सीमाविद् श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८१, शुक्रबार

भारतसँगै चीनसँगको सीमांकन पनि टुंग्याउनुपर्छ : सीमाविद् श्रेष्ठ

Budhinarayan-shrestha

काठमाडौं, ७ असार । सीमाविद् बुद्धिनारायण श्रेष्ठले अद्यावधिक नक्सा अनुसार संविधान जारी भएपछि अब चीनसँगको सीमांकन टुंगो लगाउनुपर्ने बताउनुभएको छ । लिपुलेक पश्चिममा चीनसँग पनि सिमांकन नभएको उल्लेख गर्दै उहाँले लिम्पियाधुरासम्म सीमांकन गरी त्रिदेशिय विन्दु खडा गर्न चीनसँग आग्रह गर्नुपर्ने बताउनुभयो ।

चीनको १४ र भारतको ७ स्थानमा त्रिदेशिय विन्दु कायम भएपनि नेपालको २ वटा विन्दु समेत कायम नभएको उल्लेख गर्दै उहाँले चीनलाई सिमाङ्कन टुंगो लगाउन आग्रह गर्दै त्रिदेशिय विन्दु स्थापनाका लागि भारतलाई पनि मनाउनुपर्ने बताउनुभयो । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा सीमाविद् श्रेष्ठले नेपालको अद्यावधिक नक्सा संयुक्त राष्ट्र संघमा बुझाउन ढिला गर्न नहुने बताउनुभयो ।

सांसदहरुको लोगो, मन्त्रालय, निर्देशनालय, प्रदेश लगायत नक्सा प्रयोग भएका लेटरप्याडहरु तत्काल परिवर्तन गर्नुपर्ने उहाँले बताउनुभयो । केन्द्रीय तथ्याङ्क विभागलाई तत्काल नेपालको नयाँ क्षेत्रफल प्रकाशन गर्न लगाउनुपर्ने उल्लेख गर्दै उहाँले गुगललाई नेपालको नक्साका विषयमा जानकारी दिइ नेपालमा रहेका कुटनीतिक नियोगहरुमा तत्काल नक्सा वितरण गर्नुपर्ने बताउनुभयो ।

सीमा समस्या वार्ताबाट मात्रै समाधान हुन सक्ने भन्दै उहाँले सडकमा आएर दुई चार शब्द भन्दै विच्काएर नहुने बताउनुभयो । नेपाली भूमिबाट भारतीय सेना फिर्ता गर्ने वातावरण नेपालले बनाउनुपर्ने उहाँले बताउनुभयो । भारत वार्ताका लागि कुनै पनि हालतमा तयार नभए अन्तर्राष्ट्रिय क्षेत्रबाट दबाव सिर्जना गराउनुपर्ने सुझाव उहाँले दिनुभएको छ । भारतसँग भएको प्रमाण कमजोर भएका कारण वार्ताका लागि तयार नभएको आशंका गर्दै उहाँले राष्ट्रसंघमा रहेका देशहरुको माध्यमबाट भारतलाई वार्ताका लागि दबाव सिर्जना गर्नुपर्ने बताउनुभयो ।

अद्यावधिक नक्सा अनुसार संविधान संशोधन भएपछि अबको कदम के हुने भनेर जिज्ञासा राख्नुभएको थियो । समितिले राष्ट्रिय महत्वको दस्तावेज तयार गरी संसदमा पेश गर्ने तयारी गरेको समिति सभापति रामनारायण विडारीले बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);