सरकार देशको हितमा एक कदम अघि बढ्यो : विप्लव (वक्तव्यसहित) | ईमाउण्टेन समाचार

Our Network

पुष १६ २०८१, मंगलबार

सरकार देशको हितमा एक कदम अघि बढ्यो : विप्लव (वक्तव्यसहित)

biplav

काठमाडौं, ३२ जेठ । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले अतिक्रमित भूभाग समेटिएको नेपालको नक्सा संसदबाट पास गरेर सरकार देशको हितमा एक कदम अघि बढेको बताएका छन् ।

आइतबार एक वक्तव्य जारी गर्दै विप्लवले जनमत र संघर्षको दबाबमा परेर केपी ओली सरकार अतिक्रमित भूभागहरु समेटिएको नक्सा संसदबाट पास गर्न बाध्य भएको बताएका छन् । तथापि सरकार संसद्को यो निर्णय देशको हितमा एक कदम भए पनि अगाडि बढेको उल्लेख गरेका छन् ।

आइतबार एक प्रेस वक्तव्य जारी गर्दै विप्लवले भनेका छन्, ‘भारतले नेपालका लिम्पियाधुरा, लिपुलेक, कालापानी ५८ वर्षदेखि आफ्नो कब्जामा राखेको छ । त्यसविरुद्ध नेपाली देशभक्त जनता, विज्ञ, बुद्धिजीवी, क्रान्तिकारी शक्तिहरुले निरन्तर संघर्ष गर्दै आएका छन् । उक्त जनमत र संघर्षको दबाबमा परेर केपी ओली सरकार २०७७ जेठ ३१ गते उक्त भूभागहरु समेटिएको नक्सा संसदबाट पास गर्न बाध्य भएको छ । तथापि सरकार संसद्को यो निर्णय देशको हितमा एक कदम भए पनि अगाडि बढेको छ ।’

‘हामी नक्सा पास गरेर जनजागरणलाई मत्थर मात्र पार्ने कार्यमा सीमित नरही यथाशीघ्र कूटनीतिक र राजनीतिक पहल गरेर कालापानी क्षेत्रबाट भारतलाई फर्काउन र यी भूभागलाई नेपालको प्रत्यक्ष स्वामित्वमा लिन अगाडि बढ्न आवश्यक छ भन्ने धारणा स्पष्ट पार्न चाहन्छौँ’, उनले भनेका छन् ।

‘हामी आमनागरिकहरूलाई पनि सरकारको मुख मात्र नताकेर देशको सार्वभौमिकता र स्वाधीनताका पक्षमा हरदम जागरुक रहन अनुरोध गर्दछौँ । हाम्रो पार्टी देशमाथिका कुनै पनि साम्राज्यवादी अतिक्रमणलाई सहन नगर्ने बरु डटेर प्रतिरोध गर्ने प्रतिबद्धता स्पष्ट गर्न चाहन्छ ।’

biplav bigyapti

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);