काठमाडाै, ३१ जेठ । कोभिड १९ को संक्रमण नेपालमा पनि तीव्ररुपमा फैलिरहेको समयमा कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको भनिएको १० अर्ब रुपैयाँको खर्च विवरण सार्वजनिक गर्न काठमाडौं लगायत बिभिन्न जिल्लामा प्रदर्शन भएपछि सरकारले खर्च विवरण सार्वजनिक गरेको छ ।सरकारले संघीय सञ्चित कोषबाट व्यवस्थापन गरेको रकम अन्तर्गत कोरोना भाइरसको संक्रमण तथा नियन्त्रणमा हालसम्म भएको खर्च विवरण सार्वजनिक गरेको हो ।
हालसम्म सरकारले कोरोना भाइरस नियन्त्रणका लागि रू १० अर्ब खर्च भइसकेको चर्चा भए पनि हालसम्म ८ अर्ब ३९ करोड ११ लाख ९९ हजार रुपैयाँको सरकारले खर्च विवरण सार्वजनिक गरेको हो ।
संघीय संचित कोषबाट स्रोत व्यवस्थापन गरिएको रकममध्ये सबैभन्दा धेरै रक्षा मन्त्रालयले २ अर्ब ४० करोड २४ लाख ५७ हजार रुपैयाँ खर्च गरेको छ ।
कोषको रकममध्येबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रू १ अर्ब ५८ करोड ५२ लाख ८३ हजार खर्च गरेको छ । सीसीएमसी निर्देशन समितिको निर्णयअनुसार खर्च विवरण सार्वजनिक गरिएको हो ।