रूपन्देही, २८ जेठ । रूपन्देहीको कृषि फर्ममा पाँच जनाको हत्याको अभियोग झसेन्द्र सिंजालीले पत्रकार सम्मेलनमा स्वीकार गरेका छन्।आफ्नो चरित्र हत्या गरेको हुनाले उनीहरुको हत्या गरेको वयान सिंजालीले दिएका छन् ।
पहिले लाठीले हानेर अचेत बनाएको र फरुवाले हानेर मारेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।
जिल्ला अदालत रुपन्देहीबाट उनलाई कर्तव्य ज्यान मुद्दामा १ हप्ता म्याद थप गरि थप अनुसन्धान भैरहेको छ ।
पशु फार्ममा कार्यरत रूपन्देही सैनामैना–५ दरखासीका ४० वर्षीय माधव मुसहर, उनकी श्रीमती ३५ वर्षीया जानकी, फार्ममै बस्ने रमेश भन्ने पोषराज मुसहर र स्थानीय १५ वर्षका करुण चौधरी र १६ वर्षका आशिष थारुको जेठ २७ गते राति हत्या भएको थियो ।
मृतकहरुको शवलाई पोष्ट मार्टमपछि परिवारको जिम्मा लगाईने भएको छ । घटनामा अहिलेसम्म सिंजाली बाहेक अरुको संलग्नता वा योजनाको कुनै संकेत भेटिएको छैन ।