काठमाडौं, २९ वैशाख । सांसद डिला संगौला पन्तले संसदमा सरकार निजी स्वार्थमा लागेको बताउनु भएको छ ।
सरकार निजी स्वार्थ र कुर्सीको लुछाचुडीमा मात्र लागेको बताउनु भयो । कोरोनाले नेपालको अर्थतन्त्रलाई थला पारेको छ । यस्तो अवस्थामा विगत कै रुपमा परम्परागत रुपले यो बजेटलाई ल्याईयो भने अहिलेको चुनौती, संकट, माहामारीलाई यसले समाधान गर्न नसक्ने बताउनु भएको हो ।