न्याय र विधिको शासनको सुनिश्चितताका लागि सबैको योगदान आवश्यक : प्रधानन्यायाधीश | ईमाउण्टेन समाचार

Our Network

फागुन १९ २०८१, सोमबार

न्याय र विधिको शासनको सुनिश्चितताका लागि सबैको योगदान आवश्यक : प्रधानन्यायाधीश

cholendra-jabara

काठमाडौं, २६ वैशाख । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराले समानता, न्याय र विधिको शासनको सुनिश्चितताका लागि सबैले योगदान गर्नुपर्ने बताउनु भएको छ । कानून दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानन्यायाधीश राणाले न्याय र विधिको शासनको सुनिश्चितताका लागि सबैले योगदान गर्नुपर्ने बताउनु भएको हो ।

महामारीको प्रभाव न्याय क्षेत्रमा पनि परेको उल्लेख गर्नु भएको छ । यस्तो अवस्थामा नेपाललगायत महामारीबाट प्रभावित देशका अदालतले संकुचनसहितको न्याय सम्पादन र सेवा प्रवाहको व्यवस्थापन गर्दै आएका बताउनु भएको छ । उहाँले यसबाट न्यायको प्राप्तिमा पुग्नगएको असुविधालाई परिस्थितिजन्य बाध्यताका रूपमा बुझ्न सम्बन्धित सबैमा आग्रह गर्नु भएको छ ।

नेपाल प्रधानन्यायालय ऐन, २००८ विक्रम संवत् २००९ वैशाख २६ गते लागू भएको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ को दिनलाई कानून दिवसका रूपमा मनाउने गरिन्छ ।

नेपालको संविधानले लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, कानूनी राज्यलगायतका मूल्य मान्यताहरूलाई संविधानको आधारभूत संरचनाको रूपमा स्थापित गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);