म्यादी बीमाको शुल्क अनाइनमार्फत तिर्न सकिने | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

म्यादी बीमाको शुल्क अनाइनमार्फत तिर्न सकिने

beema samiti

काठमाडौं, १६ चैत । बीमा समितिले वैदेशिक रोजगारीमा जानेहरूको अनलाइनमार्फतै बीमा सेवा पाउने जनाएको छ । बीमा क्षेत्रको नियामक बिमा समितिले आइतबार जीवन बीमा कम्पनीकहरूका लागि एक निर्देशन जारी गर्दै म्यादी बीमाको शुल्क अनलाइनमार्फत भुक्तानी गर्ने र आवाश्यकताअनुसार डिजिटल बीमालेख समेत जारी गर्न निर्देशन दिएको छ ।

बीमा समितिले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृतति पा्रप्त गरेको तर विदेश प्रस्थान गर्नुअघि ३ महिना र बीमा अवधि समाप्त नहुँदै अर्को भिसा प्रोसेस गर्ने लाग्ने ३ महिना गरी थप ६ महिना मात्र लागु हुने गरी बीमा गर्न निर्देशन दिएको छ । यसअघि यस्तो अवधि १ वर्ष रहने गरेकामा ६ महिनामा सीमित गरेकाले सोहीअनुसार बीमा शुल्क संकलन गर्नसमेत समितिले निर्देशन दिएको छ ।

समितिले विदेशस्थित कूटनीतिक नियोगबाट पुनः श्रम स्वीकृतिका लागि आवेदन दिँदा अवधि थप गर्न लाग्ने बीमा शुल्क अनलाइनमार्फत तिर्न मिल्ने व्यवस्था गर्न र आवश्यकताअनुसार वैदेशिक रोजगार विभाग र बीमा समितिसँग समन्वयन गर्न बिमा कम्पनीलाई निर्देशन दिएको छ ।

यस्तै बीमा समितिले उमेर अनुसार वैदेशिक रोजगारीमा जानेका लागि जारी गरिने वैदेशिक रोजगार म्यादी जीवन बीमालेखका लागि फरक शुल्क निर्धारण गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);