हवाइजहाजमा भरिने इन्धनमा अप्रत्यक्ष कर | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८१, शुक्रबार

हवाइजहाजमा भरिने इन्धनमा अप्रत्यक्ष कर

काठमाडौं, ५ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले हवाइजहाजमा भरिने इन्धनमा अप्रत्यक्ष कर उठाएको पाइएको छ । संघीय ससंद प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बुधबार गरेको अनुगमनका क्रममा विमानस्थलले प्रतिलिटर ३५ पैसाका दरले अप्रत्यक्ष कर उठाएको पाइएको हो ।

समितका सभापति बिमलप्रसाद श्रीवास्तवले विमानस्थलले जहाजहरुबाट लिने भाडासँगैै, सेवा दस्तुर र तेलमा उठाउन नमिल्ने अप्रत्यक्ष कर समेत उठाएको पाइएको बताउनुभयो ।

त्यस्तै अनुगमनका क्रममा विमानमा तेल भर्ने कर्मचारीहरु लामो समयसम्म खटिनुपर्ने लगायतका समस्या देखिएको समेत उहाँले बताउनुभयो ।

उहाँले जहाजमा तेल भर्दा प्रयोग हुने साधनस्रोतको कमि देखिएको तथा फुलफ्लेजमा सञ्चालन हुँदा विमानस्थालको स्टोरेज क्षमता कमजोर हुने पाइएको बताउनुभयो ।

समितिले नेपाल आयल निगमको एयरपोर्टमा रहेको डिपोको समेत अनुगमन गरेको छ । त्यस क्रममा देखिएका कमि कमजोरीहरुको अध्ययन गर्नका लागि समितिले निगमसँग डकुमेन्टहरु माग गरेको र त्यो आइसकेपछि अध्ययन गरी सरकार र निगमलाई निर्देशन दिने उहाँले बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);