पुलिस क्लव आहा रारा गोल्डकपको फाइनलमा | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

पुलिस क्लव आहा रारा गोल्डकपको फाइनलमा

पोखरा, २८ फागुन । नेपाल पुलिस क्लब पोखरामा जारी आहा रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधवार पोखरा रंगशालामा भएको पहिलो सेमिफाइनलमा साविक विजेता थ्री स्टार क्लबलाई ३-० गोलको फराकिलो अन्तरले पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो ।

पुलिसको जितमा निर कुमार राईले २ गोल गरे । यस्तै भरत शाहले एक गोल थपे । खेलको दशौँ मिनेटमा भरतले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा पुलिसले दुई गोल थप्यो ।

दुवै गोल राइले गरे । खेलको ५१ औं मिनेटमा राईले गोल गर्दै पुलिसको अग्रता दोब्बर पारे । त्यसपछि खेलको ७२ औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई ३–० को जित दिलाए ।

अब पुलिसले उपाधिका लागि मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग खेल्नेछ । मनाङ र आर्मीबीचको सेमी फाइनल खेल बिहिवार हुँदैछ । जारी प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);