मिथिलाञ्चलमा 'जोगिरा' गुञ्जिनै छोड्यो | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८२, मंगलबार

मिथिलाञ्चलमा ‘जोगिरा’ गुञ्जिनै छोड्यो

महोत्तरी, २६ फागुन । पहाडी र हिमाली जिल्लामा पmागु पुर्णीमा सकिएको भोली पल्ट तराई मधेशमा एक आपसमा रंग दलेर खुसी मनाउँदै होली मनाउने चलन छ ।

होली र संगीतबीच गहिरो सम्बन्ध रहेको छ । भनिन्छ होली पर्व मन भित्र रहेको कुण्ठित विचारलाई समाप्त पार्ने पर्व हो । कुण्ठीत विचार र मनभित्र दवेका विचारलाई प्रस्फुटित गर्ने सबैभन्दा उत्तम माध्यम नै मिथिलाञ्चलमा गाइने जोगिरा गीत हो । तर आधुनिकतामा मिथिलाञ्चल भुल्दै जाँदा अहिले जोगिरा भने लोप हुने अवस्था छ ।

पहिले पहिले मिथिलाञ्चलमा श्रीपञ्चमी देखि नै गाउँघरमा जोगिरा गुन्जिने गर्दथ्यो । तर पछिल्लो समय बढेको आधुनिकतासँगै यस्ता जोगिराहरु लोप हुन थालेका छन् । एकातर्फ जोगिरा लोप हुँदै गएको छ भने अर्को तर्फ अस्लिल भोजपुरी होलीका गीतहरुले मिथिलाञ्चलमा पकड जमाउँदै गएका छन् ।

तिथिमिति सम्झना नराख्नेहरुका लागि पनि होली शुरु भएछ भन्ने सन्देश दिने मृदङ्ग, हारमोनियम र डम्फूका तालमा सुनिने जोगिरा गीत पछिल्लो एक दशकयता लोप हुने अबस्थामा पुगी सकेका छन् ।

आपसी सद्भाव, भातृत्व र उमंगको प्रतीक मानिने फागु पर्वमा हास–परिहास, ठट्टाकाबीच गीतबाटै गरिने छेडखानी, प्रेमयुक्त भाव र रसको संयुक्त प्रतिविम्ब हुने जोगिरा सुन्न छाडिएपछि यो पर्व आएको छनक नै हुन छाडेको छ ।

संस्कृतिको सम्झना मात्र नभइ त्यो प्रतिको समर्पण भाव, भक्तिका लयमात्र नभई रतिराग, दुःख र जीवनका तिता अतित बिर्साउने रङको महिमा एकसाथ सुन्न पाइने जोगिरा लोप हुँदै गएपछि होलीको रौनक पनि घटेको र अब नयाँ पुस्ताले पुराना संस्कृति बिर्सदै गएपछि आउने पुस्ताले जोगिरा सुन्नै नपनउजे अवस्था आएको छ ।

सामाजिक छुवाछूत, उचोनिचो जात र भिन्नभिन्न धर्मसंस्कृतिप्रति सम्मान गर्दै एक अर्कोलाई अंकमाल गरी सामाजिक सद्भाव र समानताको सन्देश दिन रमाउने परम्पराको होली पर्व मिथिला संस्कृतिको धरोहर मानिन्छ ।

तर, यसको सौन्दर्यको महत्वपूर्ण अंग जोगिरा लोप हुँदै जाँदा मैथिली मौलिकता हराउँदै गई रहेको छ । युवापुस्ताहरु आफ्नै देशमा रोजगारी नपाई बिदेशीने भएकाले पनी बिभिन्न पर्बमा गाउँका साथीभाई र आफन्तबाट टाढा रहेकाले पनी पर्बको रौनकतामा कमी आएको हो ।

यो बर्षको होलीमा कोरोनाको बिश्वब्यापी संकटले थोरै असर गरेको छ । तर पछिल्लो एक दशकलाई फर्केर हेर्दा हिमाल देखी तराईसम्मका लोक संस्कृतीमा बिदेशी प्रभाव परिरहेको छ ।

यसले हाम्रो मौलीकता त हराउँदै गएको छ, नै भावी पुस्ताले समेत पुर्खाले बनाएका संस्कृती चिन्ने अवसर गुमाउदै गएका छन् ।