अमेरिका लैजाने भन्दै ठगि धन्दा गर्ने पक्राउ | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८१, शुक्रबार

अमेरिका लैजाने भन्दै ठगि धन्दा गर्ने पक्राउ

काठमाडौं, १६ फागुन । अमेरिकन रादूतावासमा काम गर्ने कर्मचारीको परिचयपत्र देखाएर अमेरिका पठाउने लोभ देखाई ठगि गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं. ९ घरभई काठमाडौंको थलिमा बस्दै आएका ४१ वर्षीय केदार खड्कालाई महानगरीय अपराध महाशाखा टेकुले पक्राउ गरेको हो ।

खड्काले दिपक कार्की र विकास खड्काको नाउँमा अमेरिकन राजदूतावासको कर्मचारीको नक्कली परिचय पत्र बनाई विभिन्न व्यक्तिलाई ठगि गरेको पाईको छ । प्रहरीले पीडितले दिएको उजुरीका आधारमा पक्राउ गरेको हो ।

खड्काले अहिले सम्म १० जना भन्दा बढी व्यक्तिबाट अमेरिका पठाउने भन्दै ३० हजार रुपैयाँ देखि ४ लाख रुपैयाँ सम्म ठगि गरेको पाइएको छ । पीडितहरुले विभिन्न प्रलोभन देखाएर आफुहरुबाट पटक पटक पैसा लिएको बताएका छन् ।

खड्काले सुरुमा फोन गर्ने र अर्कैं व्यक्तिको नाउँ लिंदै नम्बर लिएको बताउने गरेको पीडितहरुले बताएका छन् । काठमाडौंको बानियाँटारमा बस्दै आएका भिमबहादुर सुनारले खड्का आफ्नो घरमै आएर अमेरिकन राजदूतावासको आइडि कार्ड देखाएर राजदुतावासमा काम गर्ने मान्छे हुँ भनेर बताएको र राजदुतावासमा काम गर्ने मारिया भन्ने व्यक्तिको फोटो समेत देखाएकोले आफुहरुले विश्वास गरेको बताउनुभयो ।

उहाँले धरानमा रहेका आफ्ना बहिनी ज्वाइलाई समेत भेटेर अमेरिका लैजाने भन्दै ठगि गरेको बताउनुभयो । त्यस्तै काठमाडौंमा महाराजगंजको पुलिसबिट अगाडि रहेको कफि हाउसमा बोलाएर कुरा गर्ने र पैसा लिएको बताउनुभयो ।

खड्काले अमेरिकामा रहेका आफ्ना व्यक्तिसँगको डिपेण्डेन्टमा छिटो काम गरिदिने तथा एचआईभी सम्बन्धी कार्यक्रमका लागि २८ जना नेपाली लैजान सकिने भन्दै आफुहरुलाई लोभ देखाई प्रलोभनमा पारेको पीडितहरुले बताएका छन् । खड्काले बैंक र आइएमईको माध्यमबाट पैसा लिन नमान्ने गरेकोले नगद नै बुझाएको उनीहरुको भनाई छ ।

खड्काले पटक पटक शंका लाग्नेगरी कुरा गरेपछि पीडितहरुले प्रहरीमा उजुरी दिएका हुन् । रकम दिने वेलामा खड्काको फोटो खिचेको आधारमा आफुहरुले प्रहरीमा उजुरी दिएको समेत उनीहरुले बताए ।

खड्काले अहिले सम्म १० जना भन्दा बढीलाई ठगि गरेको पाइएको छ । त्यस्तै अमेरिका पठाउन भन्दै लिएको पासपोर्ट तथा नागरिकताबाट मोबाइल नम्बर निकालेको समेत पीडितहरुले बताएका छन् । प्रहरीले भने खड्कालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);