राजधानीको बौद्ध-जोरपाटी सडक खण्डको निर्माण कार्य अलपत्र | ईमाउण्टेन समाचार

Our Network

माघ ९ २०८१, बुधवार

राजधानीको बौद्ध-जोरपाटी सडक खण्डको निर्माण कार्य अलपत्र

काठमाडौं, ७ फागुन । स्थानीयको निरन्तरको संघर्ष र दबाबले बन्न लागेको काठमाडौंको बौद्ध जोरपाटी सडक बन्दा बन्दै फेरी रोकिएको छ ।

स्थानीय सरकारको लाचारी र ठेकेदारको लापरवाहीका कारण सडकको एक लेन बनेपछी निर्माण कार्य नै अलपत्र भएको छ । निर्माण कार्य बीचमा नै रोकिएपछी सवारीसाधन र स्थानीयको यात्रा जोखिम पूर्ण बनेको छ ।

लामो समयसम्म जिर्ण सडकको यात्राले आजित बौद्व जोपाटीका स्थानीय सडकको स्तर उन्नतीको काम सुरु भएपछी निकै खुशी भएका थिए । तर स्थानीयको खुशी धेरै समय भने टिकेन ।

अझ निर्माण हुँदै गरेको सडक एक लेन बनेर रोकिएपछी स्थानीयको यात्रा झनै जोखिमपुर्ण बनेको हो । बौद्ध पिपलबोटदेखि जोरपाटी बरालपम्पसम्म सडकको एका तर्फ पिज भईसकेको छ तर अर्कोतर्फ भने सडकको अवस्था जस्ताको तस्तै छ । तोकिएको समयमा काम पूरा नहुँदा र अधुरो कामले सडक दुर्घटना बढेपछी स्थानीयहरु आक्रोसित भएका छन् ।

केहि समय अगाडी सुरु गरिएको सडक विस्तारको काम सक्ने समय घर्कीसकेको छ । तर सडक निर्माणको काम आधा पनि भएको छैन । बनेको सडक पनि गुणस्तरीय रुपमा नभएको स्थानीयको आरोप छ ।

यता सडक निर्माण अनुगमनको जिम्मा पाएको स्थानीय सरकार भने निर्माणमा कमजोरी नभएको जिकिर गर्दै आएको छ । सडक निर्माणका लागी आवस्यक सामाग्रीको अभावका कारण निर्माणको कार्य रोकिएकाले छिट्टै समस्या सकिने गोकर्ण नगरपालिकाको भनाई छ ।

स्थानीयको लामो संर्घष पछी निर्माण सुरु भएको सडकको निर्माण अधुरोमै छाडिदा स्थानीयको सहज यात्राको सपनामा तुसारापात मात्र भएको छैन, सडकको लथालिङ्ग अवस्थाले सडक दुर्घटनाको जोखिम पनि धेरै बढाएको छ । यसको समाधानका लागी स्थानीय सरकारले छिटो कदम नचाले स्थानियको जनप्रतिनिधि प्रतिको वितृष्णा झनै बढ्ने देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);