ट्राफिक प्रहरीको सारङ्गी टोली परिचालन | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

ट्राफिक प्रहरीको सारङ्गी टोली परिचालन

काठमाडौं, २९ माघ । महानगरिय ट्राफिक प्रहरी महाशाखाले पैदल यात्रीलाई ट्राफिक नियम सम्बन्धी जानकारी दिन सारङ्गी टोली परिचालन गरेको छ ।

पैदल यात्रुमा ट्राफिक नियमको जानकारी नहुने र जथाभावि बाटो काटने, जेब्राक्रसिङको प्रयोग नगर्ने र ट्राफिक लाइटको जानकारी नराख्ने समस्या रहेको भन्दै सांगीतिक टोली मार्फत सचेतना फैलाउने प्रयास गरेको हो ।

बुधबार बानेश्वर स्थित संसद भवन अगाडि ट्राफिक प्रहरीले सारङ्गी टोली परिचालन गरी ट्राफिक गीत गाएर ट्राफिक नियम सम्बन्धी जानकारी गराएको हो ।

प्रहरी वरिष्ठ उपरिक्षक, महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम ढकालले पैदल यात्रीहरुले ट्राफिक नियमको जानकारी नराख्ने र जथाभावी बाटो काट्ने गरेकाले सांगितिक अभियान मार्फत ट्राफिक नियमको जानकारी गराइएको बताउनुभयो ।

उहाँले सडकको जेब्राक्रसिङमा समेत ट्राफिक लाइट सुरु भइसकेको र पैदल यात्रुले त्यसको पालना नगरेपछि ट्राफिक नियमको जानकारी दिन नयाँ उपाय अपनाएको बताउनुभयो ।

उहाँले ट्राफिक प्रहरी आफैले पनि जानकारी गराउने र सांगीतिक तरिकाले सारङ्गी टोली परिचालन गरी ट्राफिक गीत गाएर पैदल यात्रीलाई ट्राफिक नियम सम्बन्धी जानकारी दिइएको बताउनुभयो ।

महाशाखा प्रमुख ढकालले पैदल यात्रुको चाप बढी हुने काठमाडौंका मुख्य मुख्य स्थानमा सांगीतिक अभियान मार्फत ट्राफिक नियमको जानकारी गराउने बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);