भ्रष्टाचारीलाई कारबाही गरेको कांग्रेसले सहन सकेन : विडारी | ईमाउण्टेन समाचार

Our Network

फागुन २० २०८१, मंगलबार

भ्रष्टाचारीलाई कारबाही गरेको कांग्रेसले सहन सकेन : विडारी

ramnarayan bidari

काठमाडौं, २३ माघ । ललिता निवास प्रकरणमा अख्तियारले गरेको निर्णय भेदभावपूर्ण रहेको भन्दै प्रतिपक्षी दलले विरोध जनाइरहँदा सत्तापक्षका सांसदले भने उक्त निर्णयको बचाउ गरेका छन् ।

राष्ट्रियसभा बैठककोे विशेष समयमा बोल्दै सांसद रामनारायण विडारीले देशको प्रगति रोक्ने हतियारका रुपमा रहेको भ्रष्टाचार तितरवितर गरेको सहन नसकेर प्रतिपक्षी दले विरोध गरेको बताउनुभयो ।

बिहीबारको बैठकमा उहाँले मुलुकमा भ्रष्टाचार व्याप्त हुँदा खुसी मनाउने तर ओली नेतृत्वको सरकारले भ्रष्टाचारीलाई कारवाही गर्न आक्रामक रुपमा अघि बढेपछि विरोध गर्ने भन्दै अख्यितारको निर्णयको बचाउ गर्नुभयो ।

सत्तारुढ दलका वरिष्ठ माधव कुमार नेपाल, महाचिव विष्णु पौडेल लगायतविरुद्ध मुद्धा दायर नभएको र नेपाली कांग्रेस उपभापति विजयकुमार गच्छदार विरुद्ध मुद्धा दायर हुनु वदनियतपूर्ण भएको भन्दै कांग्रेसले विरोध जनाइरहेका बेला उहाँले यस्तो बताउनुभएको हो ।

न्यायाधीहरुलाई कारवाही गर्न सुरु गर्दा सबैले राजीनामा दिएर भागेको उल्लेख गर्नुहुँदै उहाँले अहिले अख्तियारका पूर्व प्रमुख आयुक्त र आयुक्तहरु विरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको र लामोसमय सत्ताको वरिपरि रहेका व्यक्तिहरुलाई समेत मुद्धा दायर भएको बताउनुभयो ।

‘‘लामो समयसम्म पदमा बसेको उपप्रधानमन्त्री, मन्त्री, सचिव, धनाढ्य घरनाहरु, उद्योगपति, र अपराधि कर्मचारीलाई सजाय गर्न मुद्धा चलाउने सरकार र आयोगलाई धन्यवाद दिनुपर्नेमा मेरो मान्छेलाई किन कारवाही गरियो भनेर विरोध भइरहेको छ,’’, उहाँले भन्नुभयो, ‘‘यो सरकारले गजब ग¥यो अब केही हुन्छ पो भन्नुपर्ने होइन र ? एकथरी मान्छे सधै विरोध, कारवाही नगरे खै कारवाही भन्छ, कारवाही गरे फलानोलाई किन नगरेको मेरो मान्छेलाई किन ग¥या त्यो अर्कोलाई किन नग¥या भन्छ ।’’

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);