तराईका विभिन्न विमानस्थलको स्तरोन्नतीका लागि सरकारकाे विशेष योजना | ईमाउण्टेन समाचार

Our Network

पुष १ २०८१, सोमबार

तराईका विभिन्न विमानस्थलको स्तरोन्नतीका लागि सरकारकाे विशेष योजना

Airport-gautam-buddha-bhairawa

काठमाडौं, २२ माघ । नेपाल सरकारले तराई क्षेत्रका विभिन्न विमानस्थलहरुको स्तरोन्नतीका लागि विशेष योजना अघि सारेको छ ।

सातवटै प्रदेशका तराईका जिल्लामा अवस्थित विमास्थलको स्तरोन्नतीका लागि सरकारले विशेष योजना अघि सारको हो । विराटनगर, नेपालगञ्ज, चन्द्रगढी विमानस्थलको स्तरोन्नतीका लागि सरकारले योजना अघि सारेको हो ।

त्यसैगरी धनगढी, भरतपुर, जनकपुर र राजविराजको स्तरोन्नतीका लागि पनि सरकारले काम गर्नेछ । विराटनगर विमानस्थलको स्तरोन्नतीका लागि ४ अरब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

जग्गा अधिग्रहणकालागि समेत सोही बराबरको रकम लाग्ने अनुमान गरिएको छ । यस्तै नेपालगञ्ज विमानस्थलका लागि ४ अरब र जग्गा अधिग्रहणका लागि ३ अरब खर्च हुनेछ ।

यसैगरी चन्द्रगढी विमानस्थल स्तरोन्नतीका लागि ३ जग्गा अधिग्रहण गर्न ३ अरब र विमानस्थल निर्माणका लागि २ अरब लाग्ने अनुमान गरिएको छ । धनगढी विमानस्थलको स्तरोन्नतीका लागि २ करोड रुपैयाँ र जग्गा अधिग्रहणमा साढे ४ अरब खर्च हुने अनुमान गरिएको छ ।

यसैगरी भरतपुर विमानस्थलको रनवे ओभरलेको काम अन्तिम चरणमा पुगेको छ । १० करोड रुपैयाँको रकम विनियोजन गरिएको छ । यसैगरी जनकपुर विमानस्थलको स्तरोन्नतीको काम पनि अन्तिम चरणमा पुगेको छ । परियोजनामा कुल ३७ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

यस्तै राजविराज विमानस्थल निर्माणमा ६० करोड र जग्गा अधिग्रहणमा साढे १ अरब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । सम्पूर्ण विमानस्थलहरुको स्तरोन्नतीका लागि ५ वर्षको समयावधि तोकिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);