‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ माघ २४ गतेदेखि | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ माघ २४ गतेदेखि

buildcon expo

काठमाडौं, २१ माघ । आगामी माघ २४ गतेदेखि काठमाडौंको भृकुटीपण्डपमा ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी–२०२०’ आयोजना हुने भएको छ । मंगलबार पत्रकार सम्मेलन गरी आयोजकले उक्त जानकारी दिएको हो ।

प्रदर्शनीमा निर्माण व्यवसायसँग सम्बन्धित उत्पादन तथा नयाँ प्रविधिहरु राखिने छ प्रदर्शनीमा विभिन्न १५ देशका ३ सय भन्दा बढी ब्राण्डसहितका २ सय स्टल रहने आयोजकले जनामएको छ ।

प्रदर्शनीले विदेशमा सफलतापुर्वक प्रयोग भएका नयाँ प्रविधिलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन सहयोग पुर्‍याउने आयोजकको विश्वास छ । प्रदर्शनी यही माघ २६ गते सम्म चल्ने छ ।
०००