बाजुराको मार्तडी-कोल्टी सडक १ महिनादेखि अवरुद्ध, डोजर लगाएर हिउँ हटाइँदै | ईमाउण्टेन समाचार

Our Network

पुष २५ २०८१, बिहीबार

बाजुराको मार्तडी-कोल्टी सडक १ महिनादेखि अवरुद्ध, डोजर लगाएर हिउँ हटाइँदै

बाजुरा, २० माघ । बाजुराको मार्तडी–कोल्टी सडकबीचमा रहेको ढम्कनेदेखि पोरखे लेखसम्मको सडकमा जमेको हिउँ डोजर लगाएर हटाउने काम भईरहेको छ ।

बडीमालिका नगरपालिका वडा नं. ७ को समन्वय र बडीमालिका नगरपालिकाको सहयोगमा सडकमा जमेको हिँउलाई डोजर लगाएर हटाउन थालिएको हो ।

बडीमालिका नगरपालिका–७ का स्थानीयहरु र पुर्वीउत्तरी क्षेत्रका स्थानीयहरुको दैनिक आवतजाव सहज बनाउन हिउँलाई डोजर लगाएर हटाउन थालिएको बडीमालिका–७ का वडा अध्यक्ष धर्मराज पाध्यायले जानकारी दिनुभयो ।

पुसको तेस्रो सातादेखि परेको हिमपातका कारण मार्तडी कोल्टी सडक १ महिनादेखि अवरुद्ध बनेको छ । सो सडक खुलाउनका लागि सरोकारवाला निकायहरुले समयमा पहल नगर्दा पुर्वीउत्तरी क्षेत्रका स्थानीयहरु मंहगो भाडा तिरेर कोल्टीबाटै हवाई यात्रा गर्न बाध्य बनेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);