व्यापार घाटा न्युनिकरण गर्ने बलियो आधार अझै तयार भएन : व्यवसायी | ईमाउण्टेन समाचार

Our Network

असार २६ २०८१, मंगलबार

व्यापार घाटा न्युनिकरण गर्ने बलियो आधार अझै तयार भएन : व्यवसायी

काठमाडौं, ११ माघ । उद्योगी व्यववसायीहरुले व्यापार घाटा न्यूनिकरण गर्ने बलियो आधारहरु अझै तयार हुन नसकेको बताएका छन् । नेपाल समुन्द्रपार निकासी पैठारी संघको ४० औं वार्षिक साधारण सभाको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उद्योगी व्यवसायीहरुले सरकारका नीतिहरुका कारण नै व्यापार घाटा कम गर्ने आधार तयार हुन नसकेको बताएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले पछिल्लो समय पाम आयलको निर्यात बढेर व्यापार घाटामा सुधार देखिए अहिले त्यसो हुन नसक्दा व्यापार घाटा फेरी बढ्ने दावी गर्नु भयो ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले भन्सारमा इ पेमेन्टको व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल उद्योग परिसंघका अध्यक्ष शतिस मोरले वस्तु निर्यात गर्नेहरुले पनि उद्योगले जस्तै सहुलियत पाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बैंकहरुलाई नै वास्तविक मूल्यमा एलसी खोल्न निर्देशन दिइएको बताउनुभयो । वास्तविक मूल्यमा एलसी खोलेपछि भन्सारले विल हेर्दै पास गर्ने दिन आउने उहाँको भनाइ थियो ।

उद्योग वाणिज्य तथा आपूर्ति राज्य मन्त्री मोतीलाल दुगडले अर्गानिक उत्पादन तथा गार्मेन्टको निर्यात बढाउन उद्योगी व्यवसायीहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा उद्योगी व्यवसायीहरुले व्यापार घाटा कम गर्न सरकारले ठोस कार्ययोजना ल्याउनुपर्नेमा जोड दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);