बाह्रखरी बुक्सको दोश्रो कथा प्रतियोगिता घोषणा | ईमाउण्टेन समाचार

Our Network

पुष ३ २०८१, बुधवार

बाह्रखरी बुक्सको दोश्रो कथा प्रतियोगिता घोषणा

काठमाडौं, १० माघ । बाह्रखरी बुक्सले दोश्रो बाह्रखरी कथा प्रतियोगिता घोषणा गरेको छ । बाह्रखरी बुक्सले शुक्रबार विशेष कार्यक्रम गरी दोश्रो कथा प्रतियोगिता आव्हान गरिएकोबारे जानकारी गराएको हो ।

प्रतियोगितामा प्रथम हुनेले १ लाख, दोश्रोले ६० हजार र तेश्रोले ४० हजार रुपैयाँ सहित अवार्ड र प्रमाणपत्र पाउनेछन् । प्रतियोगिताका लागि प्राप्त कथा छनौट दुई चरणमा गरिने छ ।

बाह्रखरीको आन्तरिक निर्णायक मण्डलले प्राप्त कथा मध्ये उत्कृष्ट ५० कथा चुनेर निर्णायक मण्डललाई उपलब्ध गराउनेछ । ती कथा मध्येबाट निर्णायक मण्डलले उत्कृष्ट कथा २०७७ पुस्तकका लागि २५ कथा छान्नेछन् । साथै तीनै २५ कथा मध्येबाट पहिलो, दोश्रो र तेश्रो छानिनेछ ।

कथा प्रतियोगिता घोषणा सभामा बाह्रखरी बुक्सका सम्पादक राजेन्द्र पराजुलीले नेपाली आख्यान प्रतिभालाई प्रोत्साहन गर्न गरिएको कथा प्रतियोगितामा भाग लिन देश भित्र र बाहिर रहेका सबै नेपाली कथा लेखकलाई आग्रह गर्नुभयो ।

बाह्रखरी बुक्सले वरिष्ठ पत्रकार तथा साहित्यकार नारायण वाग्लेको संयोजकत्वमा उपन्यासकार अमर न्यौपाने र नवप्रतिभा बिना थिङ तामाङ सम्मिलित कथा प्रतियोगिता निर्णायक मण्डल गठन गरेको छ ।

सोही निर्णायक मण्डलबाट उत्कृष्ट कथा चयन हुनेछ । प्रतियोगिताका लागि १५ सय देखि बढीमा ४ हजार शब्द भित्र नेपाली भाषामा लेखिएको कथा हुनुपर्नेछ । प्रतियोगितले फागुन १० गते भित्र बाह्रखरीको ईमेल ठेगानामा कथा पठाईसक्नुपर्ने छ ।

बाह्खरीले गतबर्ष पनि उत्कृष्ट कथा प्रतियोगिता आयोजना गरेको थियो । उत्कृष्ट कथा २०७६ को हिन्दी अनुवाद पनि प्रकाशित भईसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);