अमेरिकामा पनि भेटियो कोरोना भाइरसको संक्रमण | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८१, मंगलबार

अमेरिकामा पनि भेटियो कोरोना भाइरसको संक्रमण

coronavirus

एजेन्सी, ८ माघ । चीनमा ९ जनाको ज्यान लिइसकेको कोरोना भाइरसको संक्रमण अमेरिकामा पनि पुष्टि भएको छ । अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोलले चीनबाट सिएटल फर्किएका एक अमेरिकी नागरिकमा कोरोना भाइरसको रोगको संक्रमण देखिएको पुष्टि गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

अमेरिकाका संक्रमित ती ३० वर्षे पुरुष जनवरी १५ तारिखमा चीनको युहानबाट स्वदेश फर्किएको बताइएको छ । कोरोना भाइरसको संक्रमण कोरिया, थाइल्याण्ड लगायत अन्य मुलुकमा पनि फैलिरहेको आशंका गरिरहेकै बेला एकजना अमेरिकीमा यसको पुष्टि भएको हो ।

कोरोना भाइरस चीनको युहान शहरबाट फैलिएको करिब १ साता अघि सार्वजनिक भएको थियो । चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ भने ४ सय ४० संक्रमित भइसकेको चीने पुष्टि गरेको छ ।

उत्तर कोरियाले उक्त संक्रमणको जोखिमबाट बच्न भन्दै विदेशी पर्यटकका लागि सबै सीमा बन्द गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);