बैंकले धेरै नाफा कमाएको देखेर नआत्तिन अर्थमन्त्रीको आग्रह | ईमाउण्टेन समाचार

Our Network

पुष १० २०८१, बुधवार

बैंकले धेरै नाफा कमाएको देखेर नआत्तिन अर्थमन्त्रीको आग्रह

arthamantri-bank nafa

काठमाडौं, ७ माघ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बैंकहरुले धेरै नाफा कमाएको देखेर नआत्तिन उद्योगी व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ ।

कृषि विकास बैंकको ५३ औं वार्षिकोत्सवको अवसरमा मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री खतिवडाले १५ अर्ब पूँजी भएका बैंकले २-३ अर्ब रुपैयाँ नाफा कमाउनु धेरै नभएको बताउनुभयो । उहाँले नाफा अर्बमा देखिएपनि प्रतिशेयर आम्दानी कम हुने उल्लेख गर्नुभयो ।

अर्थमन्त्री खतिवडाले देशको व्यापार घाटा बढ्दै जाने अवस्थाको अन्त्य भएको तर रेमिट्यान्स बढी चाहिने, राजश्व बढी उठाउनु पर्ने, बैंकको ब्याजदर कम हुनुपर्ने यी सबै एकसाथ खोज्दा अर्थतन्त्रमा असर हुने बताउनुभयो ।

अर्थमन्त्री खतिवडाले बैंक तथा वित्तीय संस्थाहरुलाई कुल कर्जाको ५० प्रतिशत रकम साना तथा मझौला क्षेत्रमा प्रवाह गर्न समेत आग्रह गर्नुभयो ।  उहाँले नेपालको वित्तीय क्षेत्र दक्षिण एशियामै उत्कृष्ट भएको समेत दावी गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);