सभामुख निर्वाचनका लागि अग्नी सापकोटाद्वारा उम्मेदवारी दर्ता | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

सभामुख निर्वाचनका लागि अग्नी सापकोटाद्वारा उम्मेदवारी दर्ता

agni sapkota-ummedbari darta

काठमाडौं, ७ माघ । माघ १२ गते हुने सभामुख निर्वाचनका लागि नेकपाका तर्फबाट सांसद अग्नी सापकोटाले उम्मेदवारी दर्ता गर्नुभएको छ । सापकोटाले आज संसद भवन नयाँ बानेश्वरमा उम्मेदवारी दर्ता गराउनु भएको हो ।

उम्मेवारी दर्ता पछि संचारकर्मीसंग संक्षिप्त कुराकानी गर्दै सापकोटाले संसदको गरिमा र मूल्यमान्यता उच्च बनाइराख्न प्रयत्न गर्ने बताउनुभयो । उहाँले सार्वभौम संस्थाको ओज बचाउन आफू लागि पर्ने उल्लेख गर्नुभयो ।

सापकोटाले नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको प्रस्ताव र सांसद देव गुरुङ, ओनसरी घर्तीमगर र राजपा सांसद लक्ष्मललाल कर्णको समर्थनमा उम्मेदवारी दिनुभएको हो । प्रतिनिधिसभाको रिक्त सभामुख पदका लागि यही माघ १२ गते निर्वाचन हुँदैछ।

निर्वाचनका लागि संसद् सचिवालयले आज २ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरेको हो । सापकोटालाई आइतबार बसेको सत्तारुढ नेकपाको सचिवालय बैठकले सभामुखमा उम्मेदवार बनाउने निर्णय गरेको थियो । उहाँ सिन्धुपाल्चोक १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुनुहुन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);